अशोक राई नेतृत्वको जसपाको केन्द्रीय समिति बैठकमा १२१ केन्द्रीय सदस्य उपस्थित
_nblGbJ05m8.jpg)
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएर गठन भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिको बैठक बसिरहेको छ ।
समाखुशीको एक पार्टी प्यालेसमा जारी बैठकमा १२१ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको एक नेताले जानकारी दिए । ३१ जना केन्द्रीय सदस्य लिएर राईको नेतृत्वमा जसपा दर्ता गरिएकाे थियो । तीसहित १२१ जना केन्द्रीय सदस्य बैठकमा उपस्थित रहेको बताइएको छ ।
जसपा नेपालको महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू पनि अशोक राई नेतृत्वको जसपामा आउन थालेका छन् । जसपाको बैठक बिहीबारसम्म जारी रहने छ । बुधबारको बैठकमा पार्टीका अध्यक्ष अशोक राईले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । सो प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।
पार्टी विभाजनको औचित्य, संगठन निर्माणलगायतका विषयमा छलफल भइरहेको पार्टी महासचिव इस्तियाक राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी
-
कडा टक्करबिच त्रिवि क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचनमा नेविसंघका जोशी निर्वाचित
-
राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण
-
गणतन्त्र जिन्दावादको नारा लगाउँदै धनकुटामा एमालेको मोटरसाइकल र्याली
-
सिस्नेरी खोलामा पौडी खेल्न पसेका ३ बालकको अचेत अवस्थामा उद्धार
-
प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह