राजस्व र खर्च गर्न सक्ने क्षमताभन्दा बढीको बजेट आयो : सांसद नेपाल

हेटौंडा । बागमती प्रदेशसभा सदस्य उर्मिला नेपालले प्रदेश सरकारको बजेट राजस्व उठाउन सक्ने, खर्च गर्न सक्ने क्षमता भन्दा बढी रहेको बताएकी छिन् । उनले बजेटको प्रत्यक्ष असर भुक्तानी प्रणालीमा पर्ने बताइन् ।
बुधबार बसेको प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि छलफल गर्दै उनले स्थानीय तहले र वडाहरूले ल्याएको जस्तो बजेट आएको बताइन् । उनका अनुसार प्रदेश सरकारले पशुपतिमा सत्तविज छरे जस्तो बजेट आएको छ ।
बजेटलाई मन्त्रीहरूले जनताको विश्वासमाथि खेलबाड गर्दै आफ्नो क्षेत्रमा खन्याएको उनको भनाई छ । उनले प्रदेशको १३ जिल्लामध्ये चितवनमा बढी बजेट हालिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
‘प्रदेश विकासको कुल बजेटको एक चौथाइ बजेट चितवनमा हालिएको छ । जनता कोही होइन जस्तो गरेर मन्त्रीहरूले बजेट हालेका छन् । मुख्यमन्त्रीले भरतपुरको प्रशासनिक भवन बनाउन सशर्त अनुदान दिनुपर्ने,’ उनले भनिन्, ‘मानव विकास सूचकाङ्कमा तल परेका रुवी भ्याली तपाईँकै क्षेत्रमा थिए । अरुपनि पालिकाहरू कमजोर थिए । कम आय भएका पालिका पनि थिए । विभिन्न सूचकहरूमा तल रहेका पालिका पनि थिए । भरतपुरबाहेक अरू पालिका देखिएनन् । यो गम्भीर विषय हो ।’
करोडौँ अनुदान सशर्त अनुदान दिन विधिसँग रूपमा पठाउने माध्यम निर्माण गर्नुपर्ने उनले बताइन् । शसर्त अनुदान भवन बनाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषदबाट विनियोजन गर्नुपर्ने हो वा अरू विषयगत मन्त्रालय छन् भन्दै उनले प्रश्न गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)