बिहे गर्न किन डराउँछन् सलमान खान ?
नयाँ दिल्ली । बलिउडका भाइजान ५८ वर्षका भए । यो उमेरमा पनि यी अभिनेता अविवाहित रहनु धेरैको टाउको दुखाइको विषय बनेको छ ।
मानिसहरू उनलाई बारम्बार अहिलेसम्म बिहे किन नगरेको भनेर सोधिरहन्छन् । यसअघि सलमानले कसैलाई भेटेपछि बिहे गर्ने र यो नै आफ्नो पहिलो र अन्तिम बिहे होस् भनेका थिए ।
अहिले सामाजिक सञ्जालमा सलमानका पिता लेखक सलिम खानको एउटा भिडियो भाइरल भइरहेको छ । यस भिडियोमा उनले छोरा सलमानको बिहेबारे कुरा गरिरहेका छन् ।
भिडियोमा सलिमले सलमान छिटै सम्बन्धमा जोडिन्छन् तर यसलाई अगाडि बढाउन हिचकिचाउने भनेका छन् । आफ्नो हुनेवाला श्रीमतीमा आफ्नी आमाको जस्तै गुण र क्षमता छैन कि भनेर डराउने पनि उनले बताए ।
सलिम खानले भने, ‘उनी सजिलै सम्बन्धमा जोडिन्छन् तर विवाह गर्ने हिम्मत जुटाउन सक्दैनन् । सलमानको स्वभाव एकदमै सरल छ र उनी सजिलै आकर्षित हुन्छन् । तर केटीले आफ्नी आमाले जस्तै परिवार सम्हाल्न सक्छिन् ? त भन्ने डर उसलाई छ ।’
सलमानले बिहेका लागि घरेलु केटी खोजेको तर उनको जीवनमा आएका सबै केटी करियरलाई बढी महत्त्व दिने भएकोले पनि बिहे हुन नसकेको सलिमले बताएका छन् ।
आफ्नो हुनेवाला जीवनसाथीले पति र परिवारप्रति आफ्नो आमाले जस्तै गरी ध्यान दिओस् भन्ने छोराको चाहना भएको उनले बताए । बच्चा बच्चीका लागि खाना पकाउने, उनीहरूलाई तयार गर्न मद्दत गर्ने, होमवर्कमा सघाउने खालको केटीको खोजीमा सलमान छन् । तर अहिलेको समयमा यस्तो केटी भेट्टाउन मुस्किल छ ।
मेरै गल्तीका कारण एक्लो छु
यसअघि भाइरल भएको एउटा भिडियोमा सलमानले आफू अझै अविवाहित हुनु आफ्नै गल्ती भएको बताएका थिए ।
‘सुरुमा कसैले छोडेर जाँदा उसको गल्ती हो जस्तो लाग्छ, जब दोस्रो व्यक्तिले पनि सम्बन्ध तोड्छ त्यो पनि उसैको गल्ती हो भन्ने ठान्छौ, तेस्रो पटक यस्तो हुँदा पनि गल्ती अर्कैको हो भन्ने लाग्छ तर चौथो पटक यस्तो भयो भने शङ्का लाग्न थाल्छ, गल्ती उनीहरूको थियो कि आफ्नो ? म उनीहरूलाई जीवनमा त्यो खुसी दिन सक्दिन भन्ने डर सायद ममा छ कि’ भिडियोमा सलमानले भनेका छन् ।
सलमान अन्तिम पटक मनेश शर्माको निर्देशनमा बनेको फिल्म टाइगर ३ मा देखिएका थिए । यस फिल्ममा उनको साथमा कट्रिना कैफ र इमरान हाश्मी पनि थिए । यतिबेला सलमान फिल्म सिकंदर को सुटिङमा व्यस्त छन् ।
सलमानको सुरक्षा थ्रेटका कारण मुम्बईको फिल्म सिटीमा फिल्म सुट भइरहेको बताइएको छ । सलमान खानले एट्लीको आगामी प्रोजेक्टमा काम गर्ने हल्ला चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन व्यवसायी पार्षद् निर्वाचन : मतपरिणाम सार्वजनिक
-
दिल्ली विधानसभा चुनावमा निल भएपछि राहुल गान्धीले के भने ?
-
मुक्तकमैया र कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : मन्त्री राणा
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल
-
दार्चुलामा भारत सरकारको सहयोगमा निर्मित जिल्लामा स्वास्थ्य चौकी भवन उद्घाटन
-
आपमाथि मोदीको कटाक्ष : परिवर्तन गर्नेछु भनेर आएकाहरू बेइमान निस्किए