शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रिद्धि सिद्धिलाई देखाएर जर्तीको नाममा पारिश्रमिक घटाउन कालिगडलाई दबाब

बुधबार, १२ असार २०८१, १६ : ००
बुधबार, १२ असार २०८१

काठमाडौँ । राजधानीको विशालबजारस्थित श्री रिद्धि सिद्धि ज्वेलर्सलाई देखाएर केही सुनचाँदी व्यवसायीले सुनका गहना बनाउने कालिगडहरूलाई पारिश्रमिक घटाउन दबाब दिएको पाइएको छ । नेपाल राष्ट्रिय सुनचाँदी कालिगड सङ्घले एक विज्ञप्ति जारी गर्दै रिद्धि सिद्धि ज्वेलर्सलाई देखाएर अन्य केही व्यवसायीले सुनचाँदीको गहना बनाउने कार्यमा खटिएका कालिगडलाई पारिश्रमिक घटनाउन दबाब दिएको पाइएको जानकारी दिएको हो । 

‘रिद्धि सिद्धिको  व्यवसायीक अफरको नाममा अन्य केही व्यवसायीहरूले सोझा सीधा कालिगडहरूलाई प्राप्त गर्दै गरेको पारिश्रमिकलाई घटाउन दबाब दिइरहेको बृहत् गुनासो यस संघलाई आएको हुँदा त्यस्तो प्रकारको पारिश्रमिक घटाउने दबाब नदिन हुन सम्बन्धित व्यवसायी सबैलाई यस संघ हार्दिक अनुरोध गर्दछ’, अध्यक्ष अर्जुन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

संघको आधिकारिक निर्णयविना व्यवसायी तथा कालिगड बचाउ नामक अभियानमा आफ्नो संस्थाको नाम र छाप समेत राखेर दुरुपयोग गरिएको भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाइएको छ । यस्तै रिद्धी सिद्धी ज्वेलर्सको व्यवसायीक अफरका बारेमा असार ११ गते संघको सिङ्गो कार्यसमिति र रिद्धी सिद्धि ज्वेलर्स र ज्वेलर्स हाउसका संचालक नरेन्द्र कुमार गुप्ताबिच औपचारिक बैठक हुँदा  रिद्धि सिद्धी ज्वेर्लसको तर्फबाट हाल कालिगडहरूले खाइपाइ आएको वा प्राप्त गर्दै गरेको सेवा सुविधा वा पारिश्रमिकमा एक रुपैयाँ पनि घटिबढी नगरेको पाइएको विज्ञप्तिमा उल्लेख छ । 

तर रिद्धिसिद्धि नै लाई देखाएर केही व्यवसायीहरूले सोझा सिधा कालिगडहरूलाई प्राप्त गर्दै गरेको पारिश्रमिकलाई घटाउन दबाब दिइरहेको पाइएकाले यसो नगर्न सचेत गराइएको विश्वकर्माले जानकारी दिए । 

 कालिगडहरूलाई थिचोमिचो, दबाबमा पारी कालीगढ कालिगढबिचको आपसी भाइचाराको सम्बन्धमा खलल पुऱ्याउने, दरार बढाउने र त्यसको फाइदा व्यवसायीले लिने जस्ता क्रियाकलाप नगराउन हुन सङ्घले सबैसँग अनुरोध गरेको छ । 

यस्तै नेपाल सुनचाँदी रत्न तथा आभूषण सङ्घले पनि बजार व्यवस्थापन, भन्सार वृद्धिदर, ऐन, कानुन (निर्देशिका), कालिगड पारिश्रमिक लगायतका समस्याहरूमा महासंघहरुले चरणबद्ध रूपमा सम्बन्धित निकायसँग छलफल तथा वार्ता गरिरहेको स्पष्ट गरेको छ । 

महासंघका अध्यक्ष किसान सुनारले विवादका विषयमा छलफल गरी छलफलबाट नै समस्याको समाधान हुने भन्दै यसमा गम्भीर बन्न पनि आग्रह गरेका छन् । 

सम्बन्धित सङ्घ तथा महासङ्घको विज्ञप्तिका बिच बुधवार राजधानीमा  व्यवसायी तथा कालिगड बचाउ नामकमा प्रदर्शन गरिएको छ । उनीहरूले राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा लगाइएको कर वृद्धिको विरोध गरेका थिए । यस्तै रिद्धि सिद्धिको विरोध समेत गरेका उनीहरूले सुनचाँदी पसलहरूसमेत बन्द गराएका थिए । प्रदर्शनका क्रममा केही आन्दोलनकारीले रिद्धि सिद्धिमाथि तोडफोड समेत प्रयास गरेपनि प्रहरीले रोकेको थियो । सबै सुनचाँदी पसल बन्द हुँदा  रिद्धि सिद्धि भने खुलै थियो । 

रिद्धि सिद्धिका सञ्चालक गुप्ताले आफूहरूले १२ प्रतिशत ज्यालाजर्तीलाई घटाएर ७ प्रतिशतमा झारेको र यो आम उपभोक्ताको हितमा भएको बताए । उनले अब पनि जर्तीको नाममा उपभोक्ताबाट रकम असुल गर्न नहुने भन्दै जति लिने हो ज्यालामा मात्रै शुल्क लिने गरी तोकिनुपर्नेमा बताए । उनले असार १५ सम्म रिद्धि सिद्धिले ७ प्रतिशत ज्यालामै सुनका गहना दिने र त्यसपछि पनि जर्तीको भने कुनै शुल्क नलिने बताए । यो निर्णयको अन्य केही व्यवसायी तथा कालीगडको नामबाट विरोध यो निर्णय सबैले लागु गर्नुपर्नेमा गुप्ताले जोड दिए । 

यसैबीच बुधबार राजधानीको न्युरोड क्षेत्रमा प्रदर्शन हुँदा बन्द भएका सुनचाँदी पसलहरु लगत्तै खुल्न थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप