भारतीय लोकसभाकाे सभामुखमा ओम बिरला निर्वाचित
नयाँ दिल्ली । एनडीएका उम्मेदवार ओम बिरला बुधवार ध्वनि मतले लोकसभाको सभामुख निर्वाचित भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र सदनका विपक्षी दलका नेता राहुल गान्धीले उनलाई आसनसम्म पुर्याएका थिए । सो क्रममा विपक्षीले मतदानको माग गरेका थिए । विपक्षीले सभामुखको उम्मेदवारमा के. सुरेशलाई उठाएका थिए । तर प्रोटेम सभामुख भर्तृहरि महताबले यो माग अस्वीकार गरे ।
बिरलाको नाम प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । बिरलालाई मोदी र राहुल दुवैले बधाई दिएका छन् । ‘ओम बिरलाको अनुभव देशको काम आउनेछ’ प्रधानमन्त्रीले भनेका थिए । ‘तपाईंले विपक्षीको आवाजलाई दब्न दिनुहुन्न भन्नेमा मलाई विश्वास छ’ राहुल गान्धीले भनेका थिए ।
बिरला राजस्थान कोटाका लोकसभा सांसद हुन् । उनी लगातार दोस्रो पटक सभामुख बनेका छन् । यसअघि बलराम जाखड पनि पाँच वर्षको कार्यकाल पूरा गरेर पुनः सभामुख बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा
-
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
-
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
-
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’