शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय

घरबाट बाहिर निस्किन बाध्य पार्ने ‘पात्र’ खोजिरहेकी छिन् करिश्मा कपूर

बुधबार, १२ असार २०८१, १३ : ३२
बुधबार, १२ असार २०८१

नयाँ दिल्ली । कपुर खानदानकी जेठी छोरी करिश्मा बलिउडकी चर्चित नाम हुन् । भर्खरै मात्रै अभिनेत्रीले आफ्नो ५० औं जन्मदिन मनाइन् । अभिनेत्रीले कयौं हिट फिल्ममा काम गरेकी छिन् । तर पछिल्लो समय उनी फिल्ममा त्यति सक्रिय छैनन् । 

हालै मात्रै अभिनेत्री करिश्माले ओटीटीमा डेब्यू गरेकी थिइन् । यसैबिच उनले आफूलाई घरबाट बाहिर निस्किन बाध्य पार्ने पात्र खोजिरहेको बताएकी छिन् । आफूले घरबाट बाहिर निस्किन र सेटसम्म पुग्न बाध्य बनाउने खालको पात्रको चयन गर्न रुचाउने उनको भनाई छ ।

फिल्म र पात्रको मामिलामा उनी बढी नै ‘चुजी’ छिन् ।  आफूसँग यस्तो गर्ने विकल्प भएकोमा उनी कृतज्ञ भएको बताउँछिन् ।  ‘म आफूलाई मन परेको काम गर्छु, म आफूलाई भाग्यमानी मान्छु कि कुनै पनि परियोजनाको लागि हुन्छ वा हुन्न भन्ने सक्ने स्थितिमा छुँ,’ करिश्माले भनेकी छिन् ।

‘म रोचक खालको पात्रमा खेल्न चाहन्छु, भूमिका यस्तो होस् जसले मलाई घरबाट बाहिर निस्किन बाध्य पारोस्’ अझ अगाडि उनी भन्छिन् । करिश्माले सन् १९९१ मा प्रेम कैदीबाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप