लागु औषध दुर्व्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्छ : मन्त्री श्रेष्ठ
बुधबार, १२ असार २०८१, १३ : २८

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले लागु औषध दुर्व्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्ने बताएका छन् । बुधवार लागु औषध ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लागु औषध दुर्व्यसनी न्यूनीकरण र रोकथामका विषयहरूमा सरकार, राजनीतिक दल, सम्बन्धित संघ संसथा, समाज एक हुनुपर्ने बताए । लागु औषध दुर्व्यसनी नेपालमा विकराल भएको भन्दै उनले अहिले मसिना कुरामा राजनीति गरेर अड्केर बस्ने समय नरहेको बताए । उनले सीमा क्षेत्रमा मात्र नभई जुम्ला लगायतका हिमाली जिल्लाहरूमा समेत लागु औषधको दुर्व्यसनी विकराल बनेको बताए ।
मन्त्री श्रेष्ठले लागु औषध दुर्व्यसनी राष्ट्रिय रोग बनेको भन्दै सबै मिलेर लड्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा