बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

दातृ निकायको सहयोग लिनु नपर्ने गरी स्वास्थ्य मन्त्रालय चलाउँछु : मन्त्री यादव

बुधबार, १२ असार २०८१, १३ : २३
बुधबार, १२ असार २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले कुनै पनि दातृ निकायको सहयोग लिनु नपर्ने गरी स्वास्थ्य मन्त्रालयलाई आत्मनिर्भर बनाउने बताएका छन् ।

बुधवार लागु औषध ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले विदेशी दिन्छन् र काम गर्छु भन्ने आसमा स्वास्थ्य मन्त्रालय नबस्ने भन्दै मन्त्रालयलाई आफूले आजैबाट आत्मनिर्भर बन्ने कार्यविधि बनाउन निर्देशन दिने बताए । उनले नेपालमा बसेर नेपालकै विरोध गर्ने र लगानी गरेन भन्नेजस्ता आरोप नलगाउन विभिन्न सङ्घ संस्थाहरूलाई आग्रह गरे ।

मन्त्री यादवले एनजिओ, आइएन्जिओको सहयोग नेपालमा रहेको र सरकारले स्वागत पनि गरिरहेको भन्दै नेपाल सरकारले केही गरेन भन्ने जस्ता अभिव्यक्ति नदिन चेतावनी दिए । उनले कसैको सहयोगको आस गर्न नपर्ने गरी मन्त्रालयको कार्यविधि बनाइ लागू गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन समेत दिए ।

मन्त्री यादवले लागु औषध दुर्व्यसनीबाट आफ्ना नागरिकलाई बचाउन सरकार एकबद्ध भएर लाग्ने बताए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप