डीएलएस मेथडका सर्जक फ्र्याङक डकवर्थको निधन
लन्डन । तपाई क्रिकेटको फ्यान हुनुहुन्छ ? हुनुहुन्छ भने डीएलएस मेथडबारे पक्कै पनि जानकार हुनुहुन्छ । क्रिकेटको अन्तरराष्ट्रिय खेलमा पानी पर्यो भने नतिजा निकाल्न यो तरिका प्रयोग गरिन्छ ।
यसको खोजीकर्तामध्ये एक फ्र्याङ्क डकवर्थको निधन भएको छ । मंगलबार ८४ वर्षको उमेरमा डकवर्थको मृत्यु भएको हो । यो मेथडका अर्का सर्जक टोनी लुईसको निधन ४ वर्ष अघि भएको थियो ।
बेलायती तथ्यांकशास्त्री डकवर्थले लुइससँग मिलेर यो पद्दति खोजेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले यसलाई पहिलोपटक सन् १९९७ को जनवरी १ मा जिम्बाबे र बेलायतबिचको खेलमा लागू गरेको थियो ।
यो खेलमा जिम्बाबेले ७ रनले जितेको थियो । आईसीसीले सन् १९९९ मा यसलाई पारित गरेर टार्गेट संसोधन गर्ने स्ट्यान्डर्ड मेथडका रुपमा सन् २००१ मा आधिकारिक रुपमा यसलाई लागू गरेको थियो ।
यसरी महसुस भएको थियो डीएलएस मेथडको आवश्यकता
यो मेथडको आवश्यकता आफूलाई सन् १९९२ को एकदिवसीय विश्वकप सेमिफाइनलमै महसुस भएको सन् २००७ मा डकवर्थले एक अन्तरवार्तामा भनेका थिए । सिड्नीमा दक्षिण अफ्रिका र बेलायतबिच सेमिफाइनलको खेल भइरहेको थियो ।
१३ बलमा दक्षिण अफ्रिकाले २२ रन बनाउनुपर्ने थियो । तर अचानक पानी पर्यो । अनि टर्गेट रिभाइस गरेर एक बलमा २२ रन बनाउनुपर्ने भनियो । यो त असम्भव थियो । अनि दक्षिण अफ्रिकाले खेल हार्यो ।
दक्षिण अफ्रिकाको त्यो हारपछि बीबीसीका कमेन्टेटर क्रिस्टोफर मार्टिन–जेन्किन्सले दक्षिण अफ्रिकाको हारपछि निश्चिय पनि कसैले कतैबाट केही राम्रो विकल्प ल्याउँछन् कि भनेर भनेका थिए । कमेन्टेटरको सोही वाणीले डकवर्थ र लुइसलाई डीएलएस खोज्न प्रेरित गर्यो ।
सन् २०१५ मा डीएनबाट डीएलएस भयो नाम
सन् २०१५ मा डकवर्थ लुईस सूत्रलाई डकवर्थ लुईस स्टर्न सूत्र नामाकरण गरियो । डकवर्थ र लुइसको अनुसन्धानमा क्वीन्सल्याण्ड विश्वविद्यालयका प्रोफेसर स्टीभ स्टर्नद्वारा गरिएको अनुसन्धान समावेश गरिएको थियो । यसअनुसार टोलीले शुरुमा लक्ष्य पछ्याउने क्रममा विकेट बचाउनुका साथै रन बनाउने पनि समावेश गरिएको छ, जुन टी–२० खेलमा महत्वपूर्ण बनेको छ । यसपछि यसलाई डएिलको ठाउँमा डीएलएस विधि भनियो ।
त्रि–आयामिक छ विधि
यो विधि त्रि–आयामिक छ । अर्थात् यसको गणना रन, विकेट र ओभरमा आधारित हुन्छ । डकवर्थ–लुइस नियमकोसार संसाधन अर्थात् स्रोत हो । क्रिकेट खेलमा कुनै पनि टोलीको रन बनाउने क्षमता दुई कुरामा भर पर्छ, पहिलो, कति ओभर वा बल बाँकी छ र दोस्रो कति विकेट बाँकी छन् ।
यी २ स्रोतहरूको आधारमा टोलीहरूले सकेसम्म धेरै रन बनाउन प्रयास गर्छन् । दोस्रो टोलीको लागि लक्ष्य सेट गर्ने सबैभन्दा महत्त्वपूर्ण आँकडा पहिलो टोलीको अन्तिम स्कोर हो । पहिलो टोलीले कति ओभरमा कति विकेट गुमाए र कति विकेट गुमाए त्यो पनि महत्त्वपूर्ण हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा
-
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
-
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
-
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’