शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

‘बाहुबली’की देवसेनालाई लाग्यो हाँसिरहने दुर्लभ रोग

बुधबार, १२ असार २०८१, १२ : ३४
बुधबार, १२ असार २०८१

नयाँ दिल्ली । तेलुगु भाषाको बहुचर्चित फिल्म ‘बाहुबली’मा देवसेनाको भूमिकामा देखिएकी अभिनेत्री अनुष्का शेट्टीलाई हाँसिरहने दुर्लभ रोग लागेको छ । यो रोगमा अभिनेत्री एक पटक हाँस्न थालेपछि १५ देखि २० मिनेटसम्म हाँसिरहन्छिन् ।

हालै एक अन्तरवार्तामा अनुष्काले यसको खुलासा गरेकी हुन् । चिकित्सकीय भाषामा यो रोगलाई स्यूडोबुलबार इफेक्ट भनिन्छ ।

कयौँ पटक रोक्नु पर्‍यो सुटिङ
‘मलाई एक खालको हाँस्ने रोग लागेको छ । तपाईँहरूलाई लाग्न सक्छ हाँस्दा पनि कुनै समस्या हुन सक्छ ? तर मेरो लागि यो समस्या हो ।’ अभिनेत्रीले भनेकी छिन् । आफू हाँस्न थालपछि १५-२० मिनेटसम्म आफ्नो हाँसो रोक्नै नसक्ने उनको भनाइ छ । कमेडी दृश्यहरू हेर्दा वा सुटिङ गर्दा हाँसो रोक्न नसक्दा कहिलेकाहीँ सुटिङ रोक्नु परेको उनले बताइन् ।

के हो स्यूडोबुलबार इफेक्ट ?

यो एकखालको न्यूरोलॉजिकल डिसअर्डर हो । यसमा बिरामीले हाँस्ने, रुने र अन्य भावनालाई कयौँ पटक रोक्नै सक्दैनन् । बिरामीको वास्तविक स्थितिसँग यी भावनाको कुनै सम्बन्ध हुन्न । यसका लक्षणहरू भावनात्मक र मस्तिष्कको कमजोरीसँग सम्बन्धित छन् । त्यसैले यसलाई न्यूरोसाइकियाट्रिक रोग मानिन्छ ।

के छ उपचार ?

यस्तो हुँदा गहिरो र सुस्तरी सास लिने अनि आफ्नो दिमागलाई कुनै अन्य विषयमा केन्द्रित गर्दा सहजता मिल्ने विज्ञहरू बताउँछन् । काँध, घाँटी र छाती वरपरका मांसपेशीलाई आराम दिँदा पनि उपयोगी हुन सक्छ । केही दिन अघि बलिउडकी चर्चित पाश्र्वगायिका अलका याज्ञिकलाई दुर्लभ न्यूरो रोग लागेको खबर आएको थियो ।

कामको कुरा गर्नु पर्दा अनुष्का गत वर्ष रोमान्टिक कमेडी फिल्म ‘मिस शेट्टी मिस्टर पोलिशेट्टी मा देखिएकी थिइन् । यो वर्ष उनका दुई फिल्म घाटी र कथनार रिलिज हुँदैछन् । अनुष्काले सन् २००५ मा तेलुगु फिल्म सुपरबाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी थिइन् । उनले अहिलेसम्म कुनै पनि बलिउड फिल्ममा काम गरेकी छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप