'हेलो प्रहरी कन्ट्रोल हो ? मुख छोपेको डाँका गाउँ पसेका छन्, छिटो प्रहरी पठाइदिन पर्यो'

सिराहा । हेलो प्रहरी कन्ट्रोल हो ? मुख छोपेका डाँका पसेका छन्, छिटो प्रहरी पठाईदिन पर्यो भन्दै दुई साता देखि सिरहाको सबै गाउँबाट दैनिक दुई सय देखि दुई सय ५० कल आउने गरेको प्रहरी बताउँछन् ।
फोन आउनासाथ घटनास्थलमा पुग्दा गाउँलेको भिड हुने बाहेक कसको घरमा चोर वा डाँका पसेको छ भन्ने जानकारी भने कसैले दिन नसक्ने प्रहरी अधिकारीले बताउँछन् ।
गोलबजार–८ का बेचन यादव १५ दिनदेखि डाँका पसेको हल्लाले रातभर जाग्राम बस्दै आएको बताए । मुख छोपेर टर्च बालेर लुटपाट गरेको हल्ला दिनहुँ आउने गरेकोले रातभर गाउँमा पालै पालो गस्ती गर्ने गरेको बताउँदै उनले भने, ‘विश्वास लाग्दैन त्यही पनि गाउँलेको कुरा सुन्नु परेकोले जाग्राम बसेको छु ।
जिल्लाको सदरमुकाम सिराहा लहान मिर्चैया गोलबजार चोहर्वा लगायतका ग्रामीण क्षेत्रमा दुई सातायता पुरै गाउँ डाँकाको त्रासले जाग्राम बस्दै आएका छन् । लामो समय देखि पानी नपरेका कारण राती खेतमा मोटर चलाई सिचाई गर्ने किसान समेत त्रासले जान छाडेका छन् । दुई साताअघि गोलबजारको १२ बेतौनामा डाकाहरुले लुटपाट गरेका थिए ।
प्रहरीले लुटपाटमा संलग्नलाई पक्राउ गर्न सकेनन् । यसको असर सिराहाको सबै गाउँ ,गाउँमा डाँकाको त्रास फैलिएको छ । रात पर्नासाथ चोर, डाँका आयो भन्दै हल्ला गर्दे गाउँले प्रहरीलाई बोलाउन थाल्छन् । प्रहरी पुग्नासाथ हल्ला भएकोले सबै गाउँले उठेर गस्ती गरेको बताउने गरेका छन् ।
सिराहाका प्रहरी प्रमुख उपरीक्षक एसपी रमेश पडिण्तले सीमावर्ती नाका नाकामा प्रहरीले रातभर गस्ती गर्ने गरेको बताए । 'जाग्राम बस्ने ठाउँमा रातभर प्रहरी निगरानी बढाए पनि कसैले चोर, डाँका देखेको भन्दैनन्' उनले भने 'ब्लफ कल गर्दै प्रहरीलाई बोलाए पनि त्यहाँ पुगेपछि स्विच अफ गर्ने गरेका छन् ।'
हल्लामा नलाग्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । प्रहरीले चोर, डाँका भएको सही सूचना दिन र जानकारी पाउनासाथ ५ देखि १० मिनेटमा घटनास्थल पुग्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको दरभाउ
-
सेल्टाभिगो र मलोर्का विजयी
-
नौ वर्षसम्म पनि भुरुङ्दीखोलामा बनेन मोटरेबल पुल
-
प्रिमियर लिग : नटिङघम, उल्भ्स र ब्रेन्टफोर्ड विजयी, म्यान्चेस्टर सिटीलाई घाटा
-
ला लिगा : बार्सिलोनालाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो रियाल मड्रिड
-
सम्झौताको म्याद सात महिना बाँकी छँदै बन्यो मोटरेबल पुल