सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘इट्स माई शो’ विवादमा बोलिन् अश्मि : निराधार तथ्य राख्नु नैतिकता विपरीत

बुधबार, १२ असार २०८१, १२ : १०
बुधबार, १२ असार २०८१

काठमाडौँ । पूर्व मिस नेपाल तथा मोडल अश्मि श्रेष्ठले टेलिभिजन शो ‘इट्स माई शो’मा आफ्नो विषयमा आएका कुरा सत्यता नरहेको बताएकी छन् । शोमा आफ्नो विषय अनावश्यक विवाद निम्त्याउने उद्देश्यले फ्याँकिएको सामाजिक सञ्जाल मार्फत स्पष्ट पारेकी छन् ।

‘अन्तर्वार्ताको नाममा कसैको व्यक्तिगत जीवनको चर्चा गर्ने संस्कृतिलाई म स्पष्ट रूपमा अस्वीकार गर्छु’, उनी अगाडि भन्छिन्, ‘प्रश्न सिधै सरोकारवाललाई सोधेको भए हुन्थ्यो ।’ निराधार तथ्य प्रस्तुत गर्नु र निश्चित तरिकाले बोल्न शोमा दबाब सिर्जना गर्नु नैतिकता विपरीत रहेको समेत उनको धारणा छ ।

कार्यक्रममा होष्टले नै विवाद निम्त्याएको उनको आरोप छ । भन्छिन्, ‘म पनि एक होस्ट भएकोले मलाई थाहा छ सम्पूर्ण कार्यक्रमको फ्रेमिङमा होस्टले कति ठुलो भूमिका खेल्छ । उनले चाहेको भए शोमा नियन्त्रण हुन सक्थ्यो ।’

अहिले आफू व्यवसायमा व्यस्त समेत रहेको बताएकी श्रेष्ठले यस्ता विषयबाट आफू बिचलिन नहुने समेत बताएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप