युक्रेनमा अमेरिकी सैन्य ठेकेदारहरूलाई खटाउनमा लगाइएको प्रतिबन्ध हटाउने तयारी

वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासन युक्रेनमा अमेरिकी सैन्य ठेकेदारहरूलाई खटाउनमा लगाइएको प्रतिबन्ध हटाउने नजिक पुगेको छ । अमेरिका सो निर्णयमा पुग्न थालेको भन्दै सीएनएनले समाचार छापेको छ ।
सो मामिलाबारे जानकार चार अमेरिकी अधिकारीहरुले अमेरिका उक्त निर्णयमा पुग्न थालेको समाचारमा जनाइएको छ । युक्रेनी सेनालाई अमेरिकाले उपलब्ध गराएको हतियार प्रणाली जोगाउन र बिग्रिएमा सोको मर्मत सम्भारमा मद्दत गर्न यो कदम चाल्न लागिएको हो ।
युक्रेन नीतिमा यो बाइडेन प्रशासनको अर्को ठूलो फड्को हो । अमेरिकाले रुससँगको युद्धमा युक्रेनी सेनालाई बलियो बनाउन खोजिरहेको छ । यो नीतिमा बाइडेन प्रशासनका अधिकारीहरूले अझै पनि काम गरिररहेको बताइएको छ ।
यसमा बाइडेनले अहिलेसम्म हस्ताक्षर गरिसकेका छैनन् । यसबारे ठोस निर्णय भइनसकेको र कुनै छलफल गर्नु असामयिक हुने एक सरकारी अधिकारीले बताएका छन् ।
युक्रेनमा अमेरिकी सेना नपठाउने विषयमा भने राष्ट्रपति अडिग रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू
-
नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण
-
आन्दोलनरत शिक्षकहरूको मागप्रति नेपाल बुद्धिजीवी सङ्गठनको ऐक्यबद्धता
-
संखुवासभामा शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो
-
नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य
-
चैत १५ को घटनापछि एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)