आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

अपडेट : कैलालीमा चट्याङ लागेर २ जनाको मृत्यु, ६ जना घाइते

बुधबार, १२ असार २०८१, ११ : २८
बुधबार, १२ असार २०८१

काठमाडौँ । कैलालीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । यस्तै अन्य ६ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र सिंह बोहराले जोशीपुर गाउँपालिका वडा नम्बर ३ भितरिया बस्ने वर्ष ३१ का जयराम डगौरा र धनगढी उपमहानगरपालिका १८ बस्ने वर्ष २७ का शालिम चौधरीको मृत्यु भएको जानकारी दिए । 

उनका अनुसार बुधवार बिहान साढे ७ बजे  डगौरालाई घर नजिकैको खेतमा आलि लगाउने क्रममा चट्याङ लागेको थियो ।  घाइते उनलाई उपचारका लागि स्थानीय महापार्वती क्लिनिकमा लगेपनि उपचार क्रममा मृत्यु भएको उनले जानकारी दिए । 

यस्तै बुधवार बिहान ८ बजेको समयमा शालिम चौधरीलाई पनि घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेको थियो ।  उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको बोहराले जानकारी दिए । 

यस्तै  कैलालीको जानकी गाउँपालिका वडा नम्बर ४ बेलपुर बस्ने वर्ष २९ की रिता कठरिया, वर्ष २३ की सुस्मा डगौरा, भजनी नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ५५ का राम बहादुर चौधरी, घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने वर्ष ९ की सरस्वती भुल, वर्ष ७ की पारु कठायत र वर्ष १० की खिमा कठायत समेत चट्याङ लागेर घाइते भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप