शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

लुम्बिनी  प्रदेशकाे बजेट आज पास गर्ने तयारी

बुधबार, १२ असार २०८१, १० : ३६
बुधबार, १२ असार २०८१

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको लागि ल्याएको बजेट पास गर्ने तयारी छ । आज बस्ने प्रदेश सभा बैठकमा  अर्थमन्त्री  चेतनारायण आचार्यले  आर्थिक विधेयकलाई पारित गर्ने प्रस्ताव लैजाने कार्यसूची रहेको  छ।

सोमबार र मङ्गलबार मन्त्रालयगत रूपमा बजेटमाथिको छलफल भएको छ भने केही मन्त्रालयको आज  पहिलो बैठकमै छलफल सकेर आर्थिक मामिला मन्त्रीले त्यसको जवाफ दिने अनि आर्थिक विनियोजन पास गरेर बजेट पास गर्ने तयारी   छ । 

यस अघि हिजो सामाजिक  विकास मन्त्री  रत्नबहादुर खत्री  कृषि मन्त्री  अहिरलाल भण्डारीले जवाफ दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप