आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आज यी नदीमा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

बुधबार, १२ असार २०८१, ०९ : ५५
बुधबार, १२ असार २०८१

काठमाडौँ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ। बागमती, कोशी र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कमला नदीमा बहाव उल्लेख्य बढ्नेछ । नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

यसैगरी बुधबार उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, लम्जुङ, कास्की, पर्वत, तनहुँ, स्याङ्जा र आसपास जिल्ला भई बहने स-साना नदीहरूमा बहाव बढ्ने तथा केही स-सान नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान रहेको छ ।

यस्तै, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, बागलुङ, पाल्पा, गुल्मी, म्याग्दी, प्युठान, रोल्पा, सल्यान, रुकुम-पूर्व, रुकुम-पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स-साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान रहेकाले स-साना नदी तटीय क्षेत्रमा  सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। 

यता, आगामी ३ दिन कोशी र यसका प्रमुख सहायक नदीहरू तमोर, अरुण, तामाकोशी, दुधकोशी, सुनकोशी तथा कन्काई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तलै हुने भएपनि बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन भनिएको छ । 

नारायणी र यसका प्रमुख सहायक नदीहरू बुढीगण्डकी, सेती, मर्स्याङ्दी, कालीगण्डकी तथा बागमती र यसका सहायक नदीहरूमा पनि जलसतह बढ्दो रहेकाले तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक  देखि साधारणतया बदली रहने बताएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी ,मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

449078829_122111457806355476_6104877355428931831_n449196172_122111457764355476_5216942611663389835_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप