अविरल वर्षाले पोखरामा घर डुबान, पृथ्वी राजमार्ग भासियो
बुधबार, १२ असार २०८१, ०९ : ४४

पोखरा । मुसलधारे वर्षाका कारण पोखरामा घर डुवानदेखि राजमार्ग भासिएका छन् । पोखरा महानगरपालिका चाउथेको घट्टेकुलोमा पृथ्वी राजमार्ग सडक भासिएको हो । ५ मिटर सडक घट्टेकुलोको पानीले काटेको प्रहरीले जनाएको छ ।
नजिकै अर्को ठाउँमा पनि ७ मिटर लामो सडक भासिएको छ । अहिले सडक एकतर्फी सञ्चालनमा छ ।
यता पोखरा ७ गैरीखेतमा दुई घर डुबानमा परेको छ । स्थानीय कुमार सुनार र रेशम गुरूङको घर डुबानमा परेको हो । पोखरा–३३ बागमारा स्थित सिप्लिङतराम अविरल बर्षा पछि तीन घर डुबानमा परेका छन् । स्थानीय राम्जी बास्तोला, सुमन विक र बाबुराम बस्नेतको घर डुबानमा परेको हो ।
पोखरा र कास्की सहित अहिले गण्डकीकै जनजीवन प्रभावित भएको छ । पोखरा २८ आरुपाटामा घर पुरिँदा १ जनाको मृत्यु भएको छ भने मादी ५ चितेपानीमा पनि घर पहिरिँदा अर्का १ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु
-
फ्राईडे रिलिज ‘पिताम्बर’ भर्सेज ‘कर्मा’