शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

मोदी रुस भ्रमणमा जाने

बुधबार, १२ असार २०८१, ०९ : ४७
बुधबार, १२ असार २०८१

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाईको सुरुमा रुस भ्रमणमा जाने तयारी गरेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने बताइएको हो ।  यद्यपि यस विषयमा भारत र रुसबाट अहिलेसम्म कुनै आधिकारिक घोषणा आएको छैन ।

रुसको सरकारी समाचार एजेन्सी आरआईएका अनुसार रुसी राष्ट्रपतिका सहायक युरी उसाकोभले पत्रकारहरूलाई मोदीको भ्रमणको तयारी भइरहेको र दुवै पक्षले चाँडै मिति घोषणा गर्ने बताए । उशाकोभले भने, ‘हामी प्रधानमन्त्री मोदीलाई स्वागत गर्ने तयारी गरिरहेका छौँ। दुवै पक्षको सहमतिपछि मात्रै मिति घोषणा हुने भएकाले अहिले नै मिति दिन सक्दैनौँ । तर हामी सक्रिय रुपमा तयारी गरिरहेका छौँ । म फेरि भन्छु कि यो भ्रमण हुनेछ।’

यदि यो भ्रमण भयो भने, मोदी सन् २०१९ पछि पहिलो पटक रूस भ्रमण गर्नेछन्। सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा रुसले गरेको आक्रमणपछि मोदीले पहिलो पटक रुसी भूमिमा पाइला राख्नेछन्। साथै, यो प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालमा पहिलो द्विपक्षीय भ्रमण हुनेछ।

पुटिन अन्तिम पटक सन् २०२१ मा भारत र रुसबिचको शिखर सम्मेलनमा सहभागी हुन आएका थिए, जुन दुई वर्षमा हुन सकेको छैन ।

मोदी र पुटिनको अन्तिम बैठक सेप्टेम्बर २०२२ मा उज्वेकिस्तानको समरकन्दमा भएको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भएको थियो। यहाँ प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई युक्रेन विवादमा वार्ता र कूटनीतिक बाटो अपनाउन आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप