शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

खैरो हिरोइनसहित कैलालीबाट एक जना पक्राउ

बुधबार, १२ असार २०८१, ०९ : ३९
बुधबार, १२ असार २०८१

धनगढी । नेपाल प्रहरीले कैलालीबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले गएराति जिल्लाको गोदावरी नगरपालिका २ तेघरीबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कविन्द्र बोहराका अनुसार पक्राउ पर्नेमा गोदावरी नगरपालिका २ तेघरी बस्ने २४ वर्षीय अमित सोव रहेका छन् । 

उनलाई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ शुद्ध तौल १ ग्राम १६० मिलिग्राम फेला परेपछि बरामद गरिएको हो । सोवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासत कक्षमा राखी थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप