युरो कप : समूह सीका दुवै खेल बराबरीमा सकिए

काठमाडौं । युरो कप २०२४ मा समूह सीका दुवै खेल बराबरीमा सकिएका छन् । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड र स्लोभेनिया तथा डेनमार्क र सर्बियाले गोलरहित बराबरी खेलेका हुन् ।
गोलरहित बराबरीमा सबै टिमले एक एक अङ्क जोडेका थिए । इंग्ल्याण्ड ५ अङ्कका साथ समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
यसैगरी अर्को खेलमा डेनमार्क र सर्बियाले पनि गोलरहित बराबरी खेले । डेनमार्क ३ अङ्कका साथ दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । डेनमार्क र स्लोभानिया दुवैले तीन-तीन खेल नै बराबरी खेलेका थिए । तर, कम पहेँलो कार्डका आधारमा डेनमार्क दोस्रो स्थानमा रहन पुग्यो ।
यता लगातार तीन खेलमा बराबरी खेलेको स्लोभानिया पनि उत्कृष्ट तेस्रो बन्दै अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो । सर्बिया भने प्रतियोगिताबाट बाहिर भएको छ ।
प्रतियोगिता अन्तर्गत आज पनि ४ वटा खेल हुने छन् । समूह ईका स्लोभाकिया र रोमानिया, युक्रेन र बेलजियम भिड्दा समूह एफका चेक गणतन्त्र र टर्की तथा जर्जिया र पोर्चुगल आमनेसामने हुने छन् । पहिलो खेल राति पौने १० बजे सुरु हुनेछ भने दोस्रो खेल राति पौने १ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव रुसी राष्ट्रपतिले गरे स्वीकार
-
पुल सुधार र मर्मतका लागि विश्व बैंकसँग झन्डै २० अर्ब ऋण लिँदै सरकार
-
केपी ओली कपमा रातो कार्ड र रेफ्रीलाई हातपातको प्रयास, तस्बिरहरू
-
बाढी, पहिरोमा बेपत्ता भएका परिवारलाई मृतकसरह राहत दिइने
-
दक्षिण अफ्रिका र न्युजिल्यान्डको ऐतिहासिक उपलब्धि
-
निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बाटो खुल्यो