संघर्षपूर्ण जितसँगै अर्जेन्टिना कोपाको क्वार्टरफाइनलमा

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह एमा रहेको अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल भएको हो ।
अमेरिकाको न्युजर्सीमा आज भएको खेलमा अर्जेन्टिनाले चिलीमाथि १–० को कठिन जित निकाल्न सफल भयो । ६० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको अर्जेन्टिनाले गोलका लागि भने निकै संघर्ष गर्नु परेको थियो । अर्जेन्टिनाका लागि ८८ औँ मिनेटमा लाउटारो मार्टिनेजले सेन्टरबाट आएको पासलाई गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै तालिकामा ३ अङ्क थप्न सफल भयो ।
यही समूहमा रहेको क्यानडाले पेरुलाई पनि १–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै पहिलो ३ अङ्क जोडेको क्यानडा ३ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको क्यानडाले दोस्रो खेलमा जित निकालेपछि क्वार्टरफाइनलको सम्भावना यद्यपि कायमै राखेको छ । पेरुले क्यानडालाई दबाबमा राखे पनि ५९ औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । पेरुका मिगुएल अराउजोले फल गरेपछि भिडियो एसिस्टेन्ट रेफ्री (भार)को सहायतामा रातो कार्ड देखाइएको थियो । त्यसपछि भने पेरु दबाबमा आउँदा त्यसको फाइदा क्यानडाले लिन पुग्यो । क्यानडाका जोनाथन डेभिडले ७४ औँ मिनेटमा ज्याकब सेफलबर्गको पासमा गोल गरेका थिए । सोही गोल नै क्यानडालाई स्पष्ट ३ अङ्क दिलाउन पर्याप्त भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध