शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय
विपद्

चट्याङ लागेर तीन विद्यार्थीसहित पाँच जना गम्भीर घाइते

बुधबार, १२ असार २०८१, ०९ : २७
बुधबार, १२ असार २०८१

सुर्खेत । चट्याङ लागेर दैलेख र कैलालीमा गरी पाँच जना गम्भीर घाइते भएका छन्  । कैलालीमा चट्याङ लागेर ३ जना विद्यार्थी गम्भीर घाइते भएका हुन् । विद्यालय जाने क्रममा आज बिहान पौने ७ बजे जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ३ बालिकाहरू गम्भीर घाइते भएका हुन् ।

इलाका प्रहरी सुखडका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालका अनुसार घाइते हुनेमा ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत रहेका छन् । उनीहरू अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।

गम्भीर घाइते बालिका एक बालिकाका चट्याङ लागेर आन्द्रा बाहिर आएको छ भने, दुई बालिकाको टाउको चोट लागेको प्रहरी नायव उपरीक्षक पालले बताए ।

उपचारका लागि घोडाघोडी अस्पताल लगिएका उनीहरूलाई थप उपचारका लागि  बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।

यता गएराति परेको चट्याङले दैलेखको भैरवी गाउँपालिका–४ नाउलीखोलाका ५५ वर्षीय धीरबहादुर शाही र उनकी बुहारी २६ वर्षीय कुसुम शाही घाइते भएका हुन् । 

घरमा सुतिरहेको बेला चट्याङ पर्दा उनीहरू घाइते भएको दैलेखका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुनिल न्यौपानेले जानकारी दिए ।

घाइते दुबैलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्‍याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप