आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
अविरल वर्षाले विराटनगर जलमग्न (तस्बिरहरू)
प्राकृतिक विपत्ति

अविरल वर्षाले विराटनगर जलमग्न (तस्बिरहरू)

बुधबार, १२ असार २०८१

विराटनगर । रातभर वर्षाका कारण विराटनगरका कतिपय स्थान जलमग्न भएको छ । विराटनगरको वडा नम्बर १२ मा धेरै सडकहरू पानीले भरिएर तलाउ जस्तै बनेका छन् । 

नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकांश स्थान जलमग्न भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

biratnagar badi (1)biratnagar badi (2)biratnagar badi (3)biratnagar badi (4)biratnagar badi (5)biratnagar badi (6)biratnagar badi (7)biratnagar badi (8)biratnagar badi (9)biratnagar badi (10)biratnagar badi (11)biratnagar badi (12)biratnagar badi (13)biratnagar badi (14)biratnagar badi (15)biratnagar badi (16)biratnagar badi (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया