मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

नेपाल आइडल विजेता करण परियारले भेटे प्रधानमन्त्री, पाए गितार उपहार

बुधबार, १२ असार २०८१, १६ : ००
बुधबार, १२ असार २०८१

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । उनले  बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् । 

प्रधानमन्त्रीकै निम्तामा बालुवाटार पुगेका उनलाई प्रधानमन्त्रीले बधाई तथा शुभकामना दिएका थिए । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जनएको छ । 

प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख दुखमा आफू साथमै रहेको समेत बताएका थिए । 

शनिबार आयोजित ग्राण्ड फिनालेमा परियार विजेता बन्दै २५ लाख नगद र थुप्रै गिट्ट ह्याम्पर जितेका थिए । सामान्य परिवारबाट गायन क्षेत्रमा आएका परियारको स्वरको तारिफ हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप