बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने
बुधबार, १२ असार २०८१, ०८ : २०

मकवानपुर । बजेटमाथिको छलफलका लागि बागमती प्रदेशसभा बैठक बस्दै छ । बिहान ११:३० बजे प्रदेशसभा सचिवालय हेटौँडामा बैठक बस्ने तय भएको हो ।
उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ । बैठकमा मन्त्रालयगत बजेट कार्यक्रम माथि सांसदहरुले आफ्नो धारणा राख्ने प्रदेशसभा सचिवालय हेटौँडाका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।
मङ्गलवारको बैठकमा ५ वटा मन्त्रालयको बजेटमाथि छलफल भएको थियो भने आजको बैठकमा बाँकी मन्त्रालयको बजेट माथि छलफल हुन उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमका लागि नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाविरुद्ध अवहेलना मुद्दा
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची