शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय
प्राकृतिक विपत्ति

लमजुङमा पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता

बुधबार, १२ असार २०८१, ०७ : ३७
बुधबार, १२ असार २०८१

काठमाडौँ । लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा आज बिहान गएको पहिरोले तीनवटा घर बगाउँदा तीन जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष गमी माया गुरुङले रातोपाटीलाई जानकारी दिइन् ।

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।

बेपत्ता हुनेमा ६९ वर्षीय मित्रमान गुरुङ, उनको बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, र जातिनी द्वय ७ वर्षीया इच्छा गुरुङ र ५ वर्षीया नम्रता गुरुङ रहेको घलेले जानकारी दिए । 

पहिरोमा परी एक जना घाइते भएकोमा उनी खतरामुक्त रहेको बताइएको छ । नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीयको सहयोगमा बेपत्ताको खोजी कार्य जारी रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप