शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

बाढीले एकै परिवारका चारजना बगायो, एकको मृत्यु, दुई बेपत्ता

बुधबार, १२ असार २०८१, ०६ : ४८
बुधबार, १२ असार २०८१

सुन्दरहरैँचा । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्युभएको हो । 

फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए । यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता   छन् । बेपत्ता  हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र  अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् । 

माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको वडाध्यक्ष चौधरीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप