एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
बुधबार, १२ असार २०८१, ०६ : ४५

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । कुनै प्राविधिक समस्या नआएमा आजअपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको धारणा छ ।
कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।
यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ ।
गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इयुको अदालतमा उपप्रमुख डङ्गोल
-
उपप्रधानमन्त्री सिंहद्वारा लोहन्द्र पुल उद्घाटन
-
एमालेले बिन्दा र उषाकिरणलाई निलम्बनको निर्णय गर्यो, तर पत्र दिएन
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?
-
उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा : बाबुराम भट्टराई
-
‘विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर फर्किँदैनौँ’