बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
युरो २०२४

नेदरल्यान्ड्सलाई स्तब्ध बनाउँदै अस्ट्रिया अन्तिम १६ मा, फ्रान्स दोस्रो स्थानमा सीमित

बुधबार, १२ असार २०८१, ०० : ३५
बुधबार, १२ असार २०८१

बर्लिन । नेदरल्यान्ड्सलाई हराउँदै अस्ट्रिया युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम खेलमा ३–२ को जित हासिल गर्दै टोली समूह डीको समूह विजेता बनेको हो ।

फ्रान्ससमेत रहेको कठिन समूहमा परे पनि राल्फ राग्निकको टोली तीनमध्ये दुई खेल जित्दै समूहको शीर्ष स्थानमा रहन सफल भयो । पराजयका बाबजुद नेदरल्यान्ड्स पनि नकआउट चरणमा प्रवेश गरेको छ, तर उत्कृष्ट तेस्रो स्थानको टोलीको रूपमा । 

मंगलबार राति भएको खेलमा डोनयेल मालेनको आत्मघाती गोलको मद्दतले अस्ट्रियाले खेलको सुरुवातमा नै अग्रता लिएको थियो । त्यसपछि पहिलो हाफ थप कुनै गोल नभई सकिएको थियो ।

दोस्रो हाफमा भने गोलको वर्षा भयो । ४७ औँ मिनेटमा नै नेदरल्यान्ड्सका कोडी गाक्पोले सुन्दर गोल गर्दै खेल बराबरी गरे । ५९ औँ मिनेटमा रोमानो स्मिडले पुनः अस्ट्रियालाई अग्रता दिलाए ।

७५ औँ मिनेटमा मेम्फिस डिपायले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । तर, ५ मिनेटपछि नै मार्सेल साबिट्जरले गोल गर्दै अस्ट्रियालाई जित दिलाए ।

2024-06-25T164511Z_232272598_UP1EK6P1AJ9UZ_RTRMADP_3_SOCCER-EURO-FRA-POL-REPORT

उता फ्रान्सले पोल्यान्डसँग बराबरी खेलेपछि टोली दोस्रो स्थानमा नै चित्त बुझाउन बाध्य बन्यो । दुई टोलीबिचको खेल १–१ को बराबरीमा टुङ्गियो ।

५६ औ मिनेटमा किलियान एम्बाप्पेले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाए पनि ७९ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाटै बराबरी गोल फर्काए ।

३ खेलपछि समूह डीमा अस्ट्रियाको ६ अङ्क रह्यो । फ्रान्सले ५ अङ्क बटुल्दा नेदरल्यान्ड्स ४ अङ्कमा सीमित बन्यो । जितविहीन पोल्यान्ड मात्र १ अङ्कमा चित्त बुझाउन बाध्य बन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप