क्यानाडामा सन् २०७३ सम्ममा ८ करोड ७० लाख बासिन्दा हुने अनुमान

ओटावा । सन् २०२३ मा चार करोड एक लाख जनसङ्ख्या पुग्ने अनुमान गरिएको क्यानाडाको जनसङ्ख्या आगामी दशकहरूमा बढ्दै चार करोड ७१ लाखबाट सन् २०७३ मा आठ करोड ७२ लाखको बीचमा पुग्ने तथ्याङ्क क्यानडाले सोमबार बताएको छ ।
मध्यम–वृद्धि परिदृश्यअनुसार क्यानाडाको जनसङ्ख्या सन् २०७३ मा छ करोड २८ लाख पुग्ने राष्ट्रिय तथ्याङ्क निकायले उल्लेख गरेको छ ।
विगत ३० वर्षको औसत एक दशमलव १२ प्रतिशतबाट वार्षिक जनसङ्ख्या वृद्धि दर क्रमशः घटेर सन् २०७२/२०७३ सम्ममा शून्य दशमलव ७९ प्रतिशत पुग्नेछ ।
तुलनात्मकरूपमा यो दर उच्च–वृद्धिको परिदृश्यअनुसार एक दशमलव ५९ प्रतिशत र न्यून–वृद्धि परिदृश्यअनुसार शून्य दशमलव ०७ प्रतिशतमा घट्ने एजेन्सीले जनाएको छ ।
आप्रवासी वृद्धि क्यानाडामा जनसङ्ख्या वृद्धिको प्रमुख चालक हुनेछ ।
जनसङ्ख्या वृद्धि र कम प्रजनन क्षमताका कारण मृत्युको सङ्ख्यामा हुने अनुमानित वृद्धिलाई ध्यानमा राखी प्राकृतिक वृद्धिले सामान्य भूमिका मात्र खेल्ने तथ्याङ्क क्यानाडाले जनाएको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला