जेलेन्स्कीद्वारा एक शीर्ष सैन्य कमान्डर बर्खास्त
मङ्गलबार, ११ असार २०८१, २१ : ३५

कीएभ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एक शीर्ष सैन्य कमान्डरलाई बर्खास्त गरेका छन् । सार्वजनिक आलोचना, धेरै युक्रेनी सैनिकको मृत्यु र पदका लागि अयोग्यताको आरोप पछि यो कदम लिइएको बताइएको छ ।
लेफ्टिनेन्ट जनरल युरी सोडोल यस वर्षको सुरुदेखि युक्रेनको सशस्त्र बलको कमान्डर थिए । उनको स्थानमा अब ब्रिगेडियर जनरल एन्ड्रे हनाटोभलाई नियुक्त गरिएको छ।
यद्यपि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो निर्णयको कारण भने खुलाएका छैनन् । जेलेन्स्कीले सोमबार राति एक सम्बोधनमा लेफ्टिनेन्ट जनरल सोडोललाई बर्खास्त गरेको घोषणा गरेका थिए।
सोडोललाई फेब्रुअरी २०२४ देखि सशस्त्र बलको कमान्डर बनाइएको थियो। हालैका महिनाहरूमा युक्रेनी सेनामा धेरै परिवर्तनहरू भएका छन्।