अर्थ
व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने
मङ्गलबार, ११ असार २०८१, २० : ४४

काठमाडौँ । अबदेखि व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ । आन्तरिक राजश्व विभागले सार्वजनिक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।
आर्थिक विधेयक, २०८१ बाट आयकर ऐन, २०५८ को दफा ८१ क. थप भई व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्थाअनुसार विभागले सूचनामार्फत जानकारी गराएको हो ।
यस्तो व्यवस्था कार्यान्वयन नगरिएमा हरेक पटक पाँच हजार रुपैयाँ वा कुल कारोबार रकमको दुई प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै
-
राजधानीमा आन्दोलन : सर्वसाधारणलाई सास्ती
-
‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग
-
अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको दोस्रो चरण सुरु
-
वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने
-
५२ संवैधानिक नियुक्तिविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ जारी