१९ नगरपालिका बजेट ल्याउन असफल
मङ्गलबार, ११ असार २०८१, २० : ०९

काठमाडौँ । देशभरका १९ नगरपालिका तोकिएको समय असार १० मा बजेट ल्याउन असफल भएका छन् ।
जनकपुर उपमहानगरपालिका र धरान उपमहानगरपालिकासहित १९ नगरपालिकाले बजेट ल्याउन नसकेका हुन् । देशभर २ सय ९३ नगरपालिका (महानगर र उपमहानगरसमेत) रहेका छन् ।
संघले २ सय ७५ नगरले तोकिएकै समयमा बजेट ल्याएको जनाएको छ । यसैबिच देशभरका ४ सय २९ गाउँपालिकाले बजेट ल्याएका छन् ।
४ सय ६० गाउँपालिकामध्ये ४ सय २९ अर्थात ९३ प्रतिशत गाउँपालिकाहरूले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेस गरेको गाउँपालिका राष्ट्रिय महासंघका महासचिव खिमबहादुर थापाले जानकारी दिए ।
बाँकी ३० वटा गाउँपालिकाहरूमा सभाको अधिवेशन नै सुरु हुन नसकेको र एउटा गाउँपालिकामा सम्पर्क हुन नसकेको उनले बताए । देशभर ७५३ स्थानीय तह रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी
-
आरआर क्याम्पसको स्ववियु सचिवका उम्मेदवारमाथि आक्रमण
-
अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै
-
प्रधानमन्त्री भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा
-
माओवादीले आपत्ति जनाएपछि प्रतिनिधिसभा बैठक स्थगित
-
हुम्लाको रोडिकोटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, चार घाइते