अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

सुर्खेत । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा तुर्माखाँद गाउँपालिका–६ रानिवनका १५ वर्षीय विमल विक रहेका छन् । यस्तै सोही ठाउँका झङ्कार विक घाइते भएको प्रहरीले जनाएको छ ।
दुवै जना कामेश्वरी माध्यमिक विद्यालय रानिवनमा कक्षा ९ मा अध्ययनरत थिए । असार १६ गतेदेखि हुने त्रैमासिक परीक्षाका लागि आवश्यक किताब, कपि किन्न भनेर उनीहरू मंगलबार घरदेखि तुर्माखाद बजार जाँदै थिए ।
वडा नम्बर ७ तोसीको नथखोलास्थित भुईँमा लछारिएको ९अलपत्र० विद्युत्को तारमा करेन्ट प्रवाह हुन गई उक्त घटना घटेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख सन्तोष पाठकका अनुसार घाइते विकलाई उपचारका लागि जिल्ला सदरमुकाम मंगलसैन लगिएको छ भने मृतक विकको शव पनि पोष्टमार्टमका लागि उतै लगिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)