छोरी ज्वाइँमाथि 'लव जिहाद'को आरोप लागेपछि भड्किए शत्रुघ्न सिन्हा
![छोरी ज्वाइँमाथि 'लव जिहाद'को आरोप लागेपछि भड्किए शत्रुघ्न सिन्हा](https://npcdn.ratopati.com/media/news/sona_XdFPEvdR6j.jpg)
नयाँ दिल्ली । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र व्यवसायी तथा अभिनेता जहीर इकबालको बिहेका अभिनेत्रीकी जुडुवा भाइहरू लव र कुश कतै देखिएनन् । यसबारे सामाजिक सञ्जालमा अनेकौँ अड्कलबाजी र बहस थामिएकै छैन ।
यो बिहेबारे अर्को बहस सुरु भएको छ । बिहेलाई 'लव जिहाद' भन्दै बिहारको एक हिन्दु संगठनले पोस्टर नै निकालेर असन्तुष्टि जनाएको थियो । छोरीको बिहेबारे पुनर्विचार नगर्ने हो भने शत्रुघ्न सिन्हाले आफ्नो घर र छोराहरूको नाम फेर्नुपर्ने उनीहरूको माग थियो । यिनै विरोधबिचमा शत्रुघ्न सिन्हाले आफ्नी छोरी सोनाक्षी र उनको विवाहको बचाउमा उत्रिएका छन् ।
शत्रुघ्न सिन्हाको गृहनगर पटनामा हिन्दु शिववाहिनी सेनाले विरोध र्याली निकालेर अन्तर–धर्म विवाहलाई ‘लव जिहाद’ भनेको थियो । उनीहरूले सोनाक्षी सिन्हालाई बिहारमा कहिल्यै छिर्न नदिने चेतावनी पनि दिएका थिए । यसमा शत्रुघ्न सिन्हाले कडा प्रतिक्रिया दिएका छन् । आफ्नी छोरीले कुनै गैरकानुनी काम नगरेको भन्दै उनले घृणा नफैलाउन सबैलाई अनुरोध गरेका छन् ।
गितकार र कवि आनन्द बक्शीको चर्चित लाइन ‘मान्छेहरू त भनि हाल्छन् नि, उनीहरूको काम नै भन्ने हो’ भन्दै शत्रुघ्न सिन्हाले बेकार र बेरोजगार मानिसका लागि जागिर नै अरुको कुरा काट्नु हो भनेर भनेका छन् । छोरीले बिहे गरेर कुनै गैरकानुनी वा असंवैधानिक काम नगरेको पनि उनले बताए ।
बिहे दुई जनाको नितान्त व्यक्तिगत निर्णय भएको र यसमा कसैलाई टिप्पणी गर्ने वा खलल उत्पन्न गराउने अधिकार नभएको उनको भनाइ छ । यो बिहेको विरोध गर्ने सबैलाई उनले विरोध गर्न छाडेर आफ्नो जीवन जिउन, जीवनमा घ्यू लाग्ने काम गर्न भनेका छन् ।
सोनाक्षी–जहीरले जुन २३ मा कोर्ट म्यारिज गरेका गरेका थिए । बिहेपछि अभिनेत्रीले धर्म परिवर्तन गर्ने हल्ला चलिरहँदा जाहिरका पिता इकबाल रतनसीले बिहे मनको मिलन भएको र यसको धर्मसँग कुनै लेनदेन नभएको भन्दै सोनाक्षीले विवाहपछि धर्म परिवर्तन नगर्ने स्पष्ट पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह