फक्सकोनद्वारा विवाहित महिलालाई काममा राख्न अस्वीकार

नयाँ दिल्ली । आइफोन निर्माता कम्पनी एप्पलका लागि करारमा उपकरणहरू बनाइदिने ताइवानी कम्पनी फक्सकोनले भारतीय कारखानामा विवाहित महिलालाई काममा राख्न अस्वीकार गरेको पाइएको छ ।
सन् २०२३ को मार्चतिरको एउटा घटना सार्वजनिक भएपछि कम्पनीको यो नीतिबारे खुलासा भएको छ । ह्वाट्सएपमा कर्मचारी मागेको विज्ञापन हेरेर दुई दिदीबहिनी पार्वती र जानकी बैंगलुरुस्थित कारखानामा अन्तरवार्ताका लागि गएका थिए ।
तर सुरक्षा गार्डले रोकेर विवाहित हो भनेर सोधे अनि दुबैलाई कारखानाको मुख्यद्वारबाटै फिर्ता पठाइदिए । रोयटर्सले गरेको अनुसन्धानका क्रममा फक्सकोनले भारतस्थित मुख्य आइफोन असेम्बल कारखानामा जागिरबाट प्रणालीगत रुपमै विवाहित महिलालाई अलग्याउने गरेको पाइयो । अविवाहितको तुलनामा विवाहित महिलाहरूमाथि पारिवारिक दायित्व धेरै हुने भएकोले कम्पनीले यस्तो गर्ने गरेको बताइएको छ ।
सांस्कृतिक सवाल र सामाजिक दबाबका कारण फक्सकोनले विवाहित महिलालाई काममा राख्ने नगरेको फक्सकोन इन्डियाका पूर्व मानव संसाधन अधिकारी एस. पलले बताएका छन् । विवाहपछिका अनेकौं समस्या भएको र यो मध्ये एक चाहिँ बच्चा भएको उनको भनाइ छ ।
पिक समयमा कर्मचारीको अभाव हुँदा चाहिँ फक्सकोनले विवाहित महिलालाई काममा राख्ने नीति केही खुकुलो बनाउने गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज अमेरिकी डलर, युरो, पाउण्ड, क्यानेडियन र अष्ट्रेलियन डलरको मूल्य कति ?
-
खोटाङको हलेसीमा रामनवमी मेला
-
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म