बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

‘हिटम्यान’ रोहितले रचे इतिहास

मङ्गलबार, ११ असार २०८१, १६ : १६
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । भारतीय क्रिकेट टोली आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर-८ खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

भारत र अस्ट्रेलियाबिचको सुपर ८ खेलमा भारतले पहिले ब्याटिङ गर्दै २ सय ६ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको अस्ट्रेलियाको टोलीले १८१ रन मात्रै बनाउन सकेको थियो । 

खेलमा रोहित चम्किएपछि थुप्रै नयाँ रेकर्ड बने । यस्ता छन् केही रेकर्ड :

  • २०५/५  - ग्रोस आइलेटमा अस्ट्रेलियाविरुद्ध भारतले बनाएको रन । पुरुष टी-२० विश्वकपमा अस्ट्रेलियाविरुद्ध कुनै पनि टोलीले संयुक्त रुपमा बनाएको सबैभन्दा ठूलो स्कोर हो । सन् २०१२ को सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध वेस्ट इन्डिजले ४ विकेटमा २०५ रन बनाएको थियो।

यो पुरुष टी-२० विश्वकपमा भारतको लागि तेस्रो २ सय रनभन्दा बढीको स्कोर हो । वेस्ट इन्डिजसँगै संयुक्त दोस्रो सबैभन्दा बढी हो । दक्षिण अफ्रिकाले सर्वाधिक पाँच पटक २ सयभन्दा बढी स्कोर बनाएको छ ।

  1. ९२ - अस्ट्रेलियाविरुद्ध रोहित शर्माको स्कोर पुरुष टी-२० विश्वकपमा भारतको लागि दोस्रो उच्च स्कोर हो ।  यसअघि सुरेश रैनाले २०१० मा दक्षिण अफ्रिका विरुद्ध १ सय १ रन बनाएका थिए, त्यो पनि  ग्रोस आइलेटमै।

यो पुरुष टी-२० विश्वकपमा कुनै कप्तानले बनाएको दोस्रो उच्च व्यक्तिगत स्कोर पनि हो । क्रिस गेलले सन् २०१० मा भारत विरुद्ध ब्रिजटाउनमा ९८ रन बनाएका थिए ।

  • १५ - ग्रोस आइलेटमा भारतले हिर्काएको छक्का । पुरुषको टी-२० विश्वकप खेलमा एक पारीमा सबैभन्दा धेरै छक्का हो । यसअघि शनिबार नर्थ साउन्डमा बंगलादेशविरुद्ध भारतले १३ वटा छक्का प्रहार गरेको थियो।

पुरुषको टी-२० विश्वकप खेलमा दुई टोलीले मात्र बढी छक्का प्रहार गरेका छन् - सन् २०१४ मा नेदरल्यान्ड्सले आयरल्यान्डविरुद्ध १९ वटा र २०१० मा भारतविरुद्ध अस्ट्रेलियाले १६ छक्का प्रहार गरेको थियो ।

  • ८ - आफ्नो ९२ रनको पारीमा रोहितले प्रहार गरेको छक्का । पुरुष टी-२० विश्वकपमा एक इनिङ्समा भारतका ब्याट्सम्यानले प्रहार गरेको सबैभन्दा धेरै छक्का हो । उनले स्टुअर्ट ब्रोडको एक ओभरमा छक्का सहित सन् २००७ मा इंग्ल्याण्डविरुद्ध सात छक्का प्रहार गर्ने युवराज सिंहको कीर्तिमान तोडे।

यो पुरुष टी-२० विश्वकपको एक इनिङ्समा अस्ट्रेलियाविरुद्ध कुनै पनि ब्याट्सम्यानले हिर्काएको सबैभन्दा धेरै छक्का पनि हो।

  • १९ - रोहितलाई आफ्नो अर्धशतकको लागि आवश्यक बलको संख्या । पुरुष टी-२० विश्वकपमा अस्ट्रेलियाविरुद्ध कुनै पनि ब्याट्सम्यानले बनाएको सबैभन्दा छिटो अर्धशतक हो । यसअघि सन् २००७ को टी–२० विश्वकपमा युवराजले २० बलमा र सन् २०१२ मा सेन्ट लुसियामा भएको टी–२० मा केरोन पोलार्डले २० बलमा अर्धशतक बनाएका थिए ।

rohti sharma 2

यो रोहितको टी-२० करियरको सबैभन्दा छिटो अर्धशतकपनि हो । उनले सन् २०१६ मा वेस्ट इन्डिज विरुद्धको टी-२० मा २२ बलमा अर्धशतक बताएका थिए । यो २०२४ को टी-२० विश्वकपमा कुनै पनि ब्याट्सम्यानले बनाएको सबैभन्दा छिटो अर्धशतक पनि हो।

  • ५२ - रोहितले आफ्नो अर्धशतक पूरा गर्दा भारतको स्कोर । पुरुषको टी-२० अन्तर्राष्ट्रियमा व्यक्तिगत अर्धशतक बनाउँदा टोलीले सबैभन्दा कम स्कोर । यसअघि २०१९ मा मलेसियाविरुद्ध भानुआटुका प्याट्रिक माटाउटावाले अर्धशतक बनाउँदा ५३ रन थियो ।
  • ५१ - रोहितले पावरप्लेमा ५१ रन बनाएका थिए । उनी २०१४ मा स्टेफन माइबर्ग, २०२१ मा केएल राहुल र २०२२ मा लिट्टन दास पछि पुरुषको टी-२० विश्वकपमा पावरप्लेभित्र अर्धशतक बनाउने उनी चौथो ब्याट्सम्यान हुन्।

  • २९ - तेस्रो ओभरमा मिचेल स्टार्कले दिएका रन । यो स्टार्कको अन्तर्राष्ट्रिय करियरको सबैभन्दा महँगो ओभर हो।

mitchel starc

गत वर्ष गुवाहाटीमा भारतविरुद्ध ग्लेन म्याक्सवेलले ३० रन खर्चिएपछि स्टार्कले दिएको २९ रन पुरुष टी-२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियाका बलरले खर्चिएको दोस्रो सर्वाधिक रन हो।

  • २०३ - रोहितले टी-२० अन्तर्राष्ट्रियमा प्रहार गरेको छक्का । उनी टी-२० अन्तर्राष्ट्रिय मा २ सय छक्का पूरा गर्ने पहिलो ब्याट्सम्यान हुन् । मार्टिन गुप्टिल (१७३) मात्र १५० भन्दा बढी छक्का लगाएका अन्य ब्याटर हुन्।
  • ३४ - पुरुष टी-२० विश्वकपमा भारतको लागि जित । जसमा २००७ मा पाकिस्तान विरुद्धको बल-आउट जीत समावेश छ। भारत अब जितको सङ्ख्याको हिसाबले प्रतियोगितामा सबैभन्दा सफल टोली हो । भारतपछि श्रीलंकाले ३३ वटा खेलमा जित हासिल गरेको छ। 
  • २४ - पुरुषको टी-२० विश्वकप खेलमा भारत र अस्ट्रेलियाको खेलमा प्रहार गरेको छक्का संयुक्त सबैभन्दा दोस्रो धेरै हो । नेदरल्यान्ड्स र आयरल्यान्डले २०१४ मा ३० छक्का प्रहार गरेका थिए । सन् २०१० मा ब्रिजटाउनमा भिड्दा पनि अस्ट्रेलिया र भारतले २४ छक्का नै प्रहार गरेका थिए।
  • ४१६५ - रोहितले टी-२० अन्तर्राष्ट्रियमा बनाएको रन । बाबर आजमको ४ हजार १४५ रनलाई उछिन्दै उनी अहिले पुरुष टी–२० मा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका हुन् ।

ईएसपीएन क्रिकइन्फो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप