सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

म जादुगर हो भनेको जस्तो गरी यताउति उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऊँ : महामन्त्री थापा

मङ्गलबार, ११ असार २०८१, १६ : १०
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

महामन्त्री थापाले सरकार अहिले चलाइरहेका राजनीतिक दलहरूलाई नै चलाउन छोडिदिएर कांग्रेसले आगामी निर्वाचनमा कम्तीमा सय सिट ल्याउने गरी लाग्न पार्टीका नेता/कार्यकर्ताहरूलाई आग्रह गरे । उनले २०८४ सम्म कांग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र योबिचमा पार्टी निर्माणमा लाग्नुपर्ने बताए । उनले म जादुगर हो भनेजसरी यता उति उफ्रिने काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छोडिदिन आग्रह गरे ।

महामन्त्री थापाले कांग्रेसले ०८४ मा कम्तीमा ४० प्रतिशत मत ल्याउने गरी पार्टी निर्माण लाग्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप