नेपालमा ठुलो सङ्ख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिन्छ : पर्यटनमन्त्री
मङ्गलबार, ११ असार २०८१, १४ : ४०

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हित बहादुर तामाङले नेपालमा ठुलो सङ्ख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने बताएका छन् ।
चितवनको देवघाटधाम संरक्षण प्रतिष्ठानले निर्माण गर्न लागेको अष्टधातु शिवमूर्तिको शिलान्यास गर्दै मन्त्री तामाङले सो कुरा बताएका हुन् ।
उनले नेपालमा हवाई मार्गबाट मात्र नभएर स्थलमार्गबाट पनि लाखौँको सङ्ख्यामा धार्मिक पर्यटक ल्याउन सकिने बताए ।
अष्टधातु शिवमूर्ति निर्माणका लागि प्रधानमन्त्रीसँगको सल्लाहमा बजेट व्यवस्था गरिएको जानकारी दिँदै उनले देशको विकास र समृद्धिको एउटा आधार पर्यटन भएकाले त्यसमा धार्मिक पर्यटनको पनि भूमिका हुने उल्लेख गरे ।
उनले राज्य धर्मनिरपेक्ष भएकाले सबै धर्मलाई समान रूपले हेर्ने भन्दै नेपालमा सबै खाले धार्मिक पर्यटक आउने गरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झण्डै तीन दशक अघिको खानेपानी आयोजना अझै पूरा भएन
-
ज्ञानेन्द्र शाहीको आरोप : प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो
-
‘झुम्सा खानेपानी आयोजना चाँडो सम्पन्न गर्नुको विकल्प छैन’
-
पानीको मुद्दालाई राजनीतिकरण गरियो
-
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै