‘बूढीगण्डकी परियोजनामा प्रधानमन्त्री सहित हामी अन्यायमा पर्यौँ’ : सांसद बजगाईँ

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले बूढीगण्डकी परियोजनालाई बजेट मार्फत सम्बोधन नगरेको भन्दै अर्थमन्त्री वर्षमान पुनलाई ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बजगाईँले प्रधानमन्त्री प्रचण्ड र आफू गोरखाको रहेको सङ्केत गर्दै बूढीगण्डकीमा प्रधानमन्त्री सहित आफू पनि अन्यायमा परेको बताए । बूढीगण्डकी जलविद्युत आयोजनाको बारेमा अर्थमन्त्रीको चासो देखिएन भनेर स्थानीयहरूले भनिरहेको पनि उनले सुनाए ।
यस्तै गोरखाको चुम नुब्री गाउँपालिका छेकम्पार निवासी राप्के लामा र कर्मा छेदेन लामालाई चीन सरकारले नियन्त्रणमा लिएको बारे आफूले सरकारलाई जानकारी गराएको र त्यसबारे के भइरहेको छ भन्दै जवाफ माग गरेका छन् ।
यस्तै दृष्टिविहीनहरूले प्रयोग गर्ने चस्मामा कर लगाइएको भन्दै त्यस विषयमा पुनरावलोकन गर्न ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार
-
लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन
-
संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने, ‘कांग्रेस र एमालेबिच कुनै समस्या छैन’
-
नेविसंघ केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा महतो नियुक्त
-
साउनयता चितवन कारागारका २९ जना कैदीले लिए सुविधा
-
दिल्लीद्वारा राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत