सरकार टाट पल्टने अवस्थामा छ : सांसद खड्का

मकवानपुर । बागमती प्रदेशसभा सदस्य श्याम खड्काले नेपाल सरकार टाट पल्टने अवस्थामा रहेको टिप्पणी गरेका छन् । नेपाल सरकारको कुल बजेट भन्दा वैदेशिक ऋण बढी रहेको उनले बताएका हुन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा ७ वटा मन्त्रालयको विनियोजन विधेयक माथि छलफल गर्दै कांग्रेस सांसद खड्काले नेपाल सरकारको बजेट १८ खर्ब रहेको र वैदेशिक ऋण २४ खर्ब रहेको बताए । यथास्थिति रहेको खण्डमा सरकार आर्थिक रूपमा टाट पल्टने निश्चित रहेको उनले बताए ।
‘सरकारको बजेट अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। देशमा ऋणको भार थपिँदै गएको छ । सरकारको आय छैन । व्यय मात्र बढिरहेको छ । उत्पादनमुखी कार्यक्रम ल्याउन सरकार असक्षम बनेको छ ।’ उनले भने ‘ बागमती प्रदेश सरकारको बजेट बालुवामा पानी खनाए सरह रहेको छ । सरकारको बजेटमा स्पष्ट कार्यक्रम छैन । सरकारको बजेट उपलब्धिहीन क्षेत्रमा लगानी भइरहेको छ ।’
उनले बागमती सरकारको खर्च गर्ने सामर्थ्य नरहेको बताए । प्रदेश सरकारले हरेक वर्ष ६६ प्रतिशत मात्र बजेट खर्च गर्दै आएको उनको भनाई छ । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा १२ अर्ब बजेटको कार्यक्रम समावेश नभएको बताए ।
प्रदेश सरकारले अर्थ मन्त्रालयमा अवण्डामा राखिएको ४ अर्ब बजेटको उद्देश्य के हो ? उनले प्रश्न गरे । ‘सो बजेटको स्पष्ट योजना र कार्यक्रम समावेश गर्न नसक्नुको कारण के हो ?’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यका विकास प्राधिकरण अनमीविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा
-
परिवारका सदस्यलाई सैन्य कारबाहीको योजना साझा गरेपछि अर्को लफडामा अमेरिकी रक्षामन्त्री
-
निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगाम, पेन्सन पाउनेले वृद्धभत्ता नपाउने
-
खानामा तेल प्रयोग गर्न छोडियो भने शरीरमा के हुन्छ ?
-
शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण
-
विद्युत् पोलमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु