बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
अपराध

२ करोड रुपैयाँ लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ

मङ्गलबार, ११ असार २०८१, १३ : २४
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट भएको छ । ददिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको पक्राउ गरेको हो । 

पक्राउ पर्ने प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेको कार्यालयका एक अधिकारीले जानकारी दिए । 

पक्राउ परेकाहरूले असार ४ गते सो रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीका अनुसार अभियुक्तहरु आफूहरु सीआईबी भएको भन्दै राउतको घरभित्र प्रवेश गरेका थिए ।

त्यसपछि घरका सदस्यहरुलाई डरत्रास देखाउँदै उनीहरुले दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेका थिए । प्रहरीले उनीहरुलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप