बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र शाहीलाई प्रचण्डको जवाफ : ‘नेपालमा प्रधानमन्त्री छ, अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ’

मङ्गलबार, ११ असार २०८१, १३ : ०२
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा रहेको नेपालीलाई फिर्ता ल्याउन पहल भइरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अनुपस्थितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा राप्रपा सांसद ज्ञानेन्द्र शाहीको प्रश्नको जवाफ दिने क्रममा उनले आफूले युद्धमा रहेका नेपालीसँग राती १२ बजे कुरा गर्ने गरेको बताए । 

सांसद शाहीले देशमा सरकार र प्रधानमन्त्री छ भन्दै गरेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले भने–‘एक जना माननीय सदस्यले राख्नुभयो, नेपालमा प्रधानमन्त्री छ कि छैन, रुसी सेनामा गएका नागरिक ल्याउन के भएको छ भनेर राख्नुभयो । यहीँ हुनुहुन्छ कि जानुभयो ? यो प्रश्न सोध्ने माननीय ? (त्यसपछि ज्ञानेन्द्र शाहीले हात उठाए) नेपालमा प्रधानमन्त्री छ, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ ।'

प्रचण्डले थप भने  'सरकारले पठाएर रुसी सेनामा गएका त हैनन् नेपाली नागरिक । नेपाली सेना रुसी सेनामा जानु र त्यहाँ मारिनु दुःखद कुरा हो र सरकारले जिम्मेवारी पूर्वक । अझ म जोड दिएर भन्न चाहन्छु, प्रचण्ड भएको हुनाले भन्न चाहन्छु, राती १२ बजे रुसी सेनाको मोर्चामा भएका नेपालीसँग फोनमा मैले कुरा गर्ने गरेको छु । उनीहरूलाई फिर्ता ल्याउन त्यहाँ भएकाहरूसँग राय लिएको छु, त्यस्तो प्रधानमन्त्री । तपाई कुनै दिन हुनुभएछ भने तपाईँले कति गर्नुहुन्छ म पनि हेर्न चाहन्छु ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप