मनास्लु स्कुलमा पढाइसँगै काम पनि, दाम पनि

काठमाडौँ। मनास्लु स्कुलले कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि शिक्षा, उद्यमशीलता, र रोजगारलाई एकीकृत गर्ने उद्देश्यले ’थ्रीई कार्यक्रम’ को सुरुवात गरेको छ । यो कार्यक्रम स्कुलको सभाकक्षमा आयोजित गरिएको थियो, जहाँ लगभग ७०० जना एस.इ.इ. दिएर बसेका विद्यार्थीहरू उपस्थित थिए।
मनास्लु स्कुलका कार्यकारी निर्देशक जे.बी.दवाडीको सभापतित्वमा सुरुवात भएको कार्यक्रममा संस्थाका अध्यक्ष हरि प्रसाद भट्टले परम्परागत ढंगले पानसमा बत्ति बालेर तथा डिजिटल माध्यमबाट समुद्घाटन गरेका थिए । विशेष अतिथि नेपाल राष्ट्र बैंकका निर्देशक राजन विक्रम थापाले ‘भविष्यका योग्य युवाहरू तयार गर्न शिक्षामा उद्यमशीलता र रोजगार (थ्रीई)’ शीर्षकमा मुख्य विषय राखेका थिए ।
मनास्लु स्कुलका सीईओ नरेश प्रसाद श्रेष्ठले कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यावहारिक सीपहरू विकास गर्न विविध अवसरहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘थ्रीई’ पहलले विद्यार्थीहरूलाई रोजगारयोग्य मात्र नभई रोजगार सिर्जना गर्न सक्षम बनाउन लक्ष्य राखेको छ, जसले अर्थतन्त्रमा योगदान पुर्याउने उनको भनाई थियो।
कार्यक्रममा युवा स्टार्ट–अपहरू र आईसीटी पहलहरूको प्रदर्शनी पनि समावेश थियो, जसमा विद्यार्थीहरूको उद्यमशीलता भावना र नवीन परियोजनाहरूको प्रदर्शन गरिएको थियो । त्यसपछि, स्कुलका बिद्यार्थिहरूको मनोरञ्जनात्मक कार्यक्रम, र फ्रिक स्ट्रिट ब्यान्डको प्रस्तुति सहितको मनोरञ्जन सत्रले दिनको समापन संगीत र रमाइलोका साथ भयो।
थ्रीई कार्यक्रमले माध्यमिक शिक्षालाई पुनः परिभाषित गर्दै, विद्यार्थीहरूलाई उच्च शिक्षा र रोजगारी बजारका लागि आवश्यक सीपहरू प्रदान गर्ने मनास्लु स्कुलले जनाएको छ। यस पहलले स्कुललाई उद्यमशीलता र रोजगार योग्यतामा केन्द्रित नवप्रवर्तनशील शिक्षामा अग्रणी बनाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जागरण अभियान बहुआयामिक र गुणात्मक भएको माओवादीको निष्कर्ष
-
केपी ओली कपले यातायात अस्तव्यस्त
-
चुडामणि शर्माविरुद्धको मुद्दामा प्रमाण झिकाउन सर्वोच्चको आदेश
-
सकियो 'हरिबहादुरको जुत्ता'को छायांकन, फूलपातीमा रिलिज हुने
-
प्रकृति लम्साललाई न्याय दिलाउने परराष्ट्रमन्त्री आरजुको प्रतिबद्धता
-
‘कोशी’ नामबारे माओवादीको दोहोरो नीति कहिलेसम्म ?