जसपा नेपालको पुरानो कार्यकार्यकारिणी समितिको बैठक बस्दै
मङ्गलबार, ११ असार २०८१, १२ : ४३

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुरानो कार्यकारिणी समितिको बैठक बोलाएका छन् । पदाधिकारी चयनलगायतका विषयमा परामर्शका लागि सो बैठक १ बजेको लागि बोलाइएको बताइएको छ ।
जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारीसहितको केन्द्रीय समिति बनाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिएको छ । केन्द्रीय समिति बनाउनका लागि अध्यक्ष उपेन्द्र यादवले व्यक्तिगत परामर्श गरिसकेका छन् । आज सामूहिक रूपमा छलफलका लागि पुरानो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको जसपा नेपालका नेता विजय यादले बताए ।
आजको बैठकमा छलफलपछि अध्यक्ष यादवले पदाधिकारीसहितको केन्द्रीय समिति सार्वजनिक गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुनमा संसारकै अग्लो पुल सञ्चालनमा ल्याउँदैछ चीन
-
सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा भेटियो
-
तस्बिरमा हेर्नुहोस् ललितकला मेला
-
युनिटी ठगी प्रकरण : संलग्नलाई कैद, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गरिने
-
वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
-
हङकङलाई हराउन नेपालले ११६ रन बनाउनुपर्ने, युवराजले लिए ४ विकेट