झापामा चट्याङ लागेर दुईको मृत्यु
मङ्गलबार, ११ असार २०८१, १२ : ०८

झापा । आज विहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए।
उनका अनुसार विहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
साथै गौरीगञ्ज गाउँपालिका-३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन