बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

अमिताभ बच्चनको सिन हरेर ‘कल्की’का लागि राजी भएका थिए कमल हसन

मङ्गलबार, ११ असार २०८१, १२ : ०२
मङ्गलबार, ११ असार २०८१

नयाँ दिल्ली । कमल हसन भारतीय सिनेमा जगतका लेजेन्डरी अभिनेता हुन् । दक्षिण भारतीय सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘कल्की २८९८ एडी’ मा आफ्नो लुकका कारण यतिबेला कमल चर्चामा छन् । प्रभास, अमिताभ बच्चन र दीपिका पादुकोणको मुख्य भूमिका रहेको यो फिल्ममा कमलले खलपत्रको भूमिका निभाएका छन् ।

कल्की २८९८ एडीको ट्रेलरमा हसनको लूक देखेर उनको फ्यानहरू अक्क न बक्क भएका थिए । उनको लुक चिन्नै नसक्ने त छ नै उनको भिलेनको लुक डरलाग्दो पनि छ ।

हालै मेकरहरूले सार्वजनिक गरेको एक भिडियोमा कमलले फिल्ममा आफूले निर्वाह गरेको पात्रको डिटेल शेयर गर्दै यो भूमिकामा खेल्न कसरी राजी भएका थिए भनेर पनि बताएका छन् । निर्देशक अश्विनले कमललाई सुप्रिम यास्किनको भूमिकाका लागि अप्रोच गरेपछि उनले निर्देशकलाई यस्तो खालको महत्वाकांक्षी परियोजना बनाउन सम्भव कसरी छ भन्ने प्रश्न सोधेका थिए । अश्विनले कमललाई फिल्मको कथा वा कन्सेप्ट डिजाइनको सट्टामा फिल्ममा सुट भइसकेको अमिताभ बच्चनको दृश्य देखाइदिए ।

फिल्ममा अश्वत्थामा बनेका अमिताभको भिजुअल हेरेर कमल यति इम्प्रेस भए कि उनी तुरुन्तै फिल्मका लागि राजी भए । सुप्रीम यास्किन पात्रबाट कमल यति मोहित भए कि उनले यास्किनको तेस्रो आँखा थप्ने आइडिया दिए । अश्विनलाई उनको सुझाव मन पर्‍यो र यस्तै गरे । कल्की २८९८ एडी बिहीबार देखि हलमा रिलिज हुँदै छ । फिल्मको एड्भान्स बुकिङ धमाधम भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप