३० हजार मेट्रिक टन आँप भारतबाट आयात
मङ्गलबार, ११ असार २०८१, ११ : १९

काठमाडौँ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ३२ हजार मेट्रिक टन आँप आयात भएको छ । जसमध्ये ३० हजार मेट्रिक टन आँप भारतबाट आयात भएको छ ।
बाँकी दुई हजार मेट्रिक टन आँप चीन, थाइल्यान्ड, इजिप्टबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । सो बापत नेपालबाट २ अर्ब रुपैयाँ बाहिरिएको छ भने सरकारले ३१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा करिब ५० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा आँप खेती गरिएको छ । यसमध्ये करिब ४० हजार हेक्टर क्षेत्रफलको आँपले उत्पादन दिएको छ ।
सो क्षेत्रफलबाट करिब साढे चार लाख मेट्रिक टनको हाराहारीमा स्वदेशी आँप उत्पादन हुँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ ।
तर, पनि विदेशबाट ठुलो परिमाणमा आँप नेपाल भित्रने गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए
-
पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर
-
ओली सरकारका कारण अराजकतालाई मलजल पुग्यो : इन्चार्ज गौतम
-
१० बजे १० समाचार : पूर्वराजाको सक्रियताबाट राजनीतिमा तरङ्ग, राप्रपाले तिर्यो जरिबाना