‘यो मन त मेरो नेपाली हो’को सकियो छायाङ्कन

काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’को छायाङ्कन सकिएको छ । सोमबार चलचित्र विकास कम्पनी बालाजुमा ‘आँखै रसिलो’ गीतको छायाङ्कनसँगै फिल्म सकिएको हो ।
दीपक शर्माको शब्द तथा सङ्गीत रहेको गीतमा अस्मिता अधिकारी र सविन सुवेदीको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा रोशन श्रेष्ठ र आयुषा समालसँगै ‘मेरो डान्स युनिभर्स’की विजेता खुसी कार्की, नारायण प्रधान, डि आइडीका टप टेन डान्सर नरेश वीर सिंहको अभिनय तथा नृत्य छ ।
अमेरिकामा समेत छायाङ्कन भएको फिल्म झापा, इलाम भारतको सिकिम, दार्जलिङ, जयगाउँ, पश्चिम् बंगाल लगायतको ठाउँमा छायाङ्कन भएको छ । फिल्ममा नेपालको अलावा भारत ,मलेसिया ,पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रिका लगायतका देशका अभिनय छ ।
साहित्यकार मित्र प्रधान ( नर ) को निर्देशन रहेको फिल्म ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा बनेको फिल्म शिवं अधिकारीको लेखनका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण