बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियालाई हराएपछि रोहितले के भने ?

मङ्गलबार, ११ असार २०८१, १० : १९
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । भारतीय क्रिकेट टोली आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर-८ खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

सोमबार भएको भारत र अस्ट्रेलियाबिचको खेलपछि कप्तान रोहित शर्मा आत्मविश्वासले भरिएको देखिए । खेलपछि रोहितले भने, ‘धेरै सन्तोषजनक प्रदर्शन रह्यो । हामीलाई अस्ट्रेलिया र उसको खतरनाक खेलबारे थाहा छ। टोलीका रूपमा हामीले राम्रो प्रदर्शन गरेका छौँ । हामीले गर्नुपर्ने काम गरिरह्यौँ। टोलीका रूपमा हामीले राम्रो आत्मविश्वास पाएका छौँ।

‘२ सय राम्रो स्कोर हो तर जब तपाईं यो स्थानमा खेल्दै हुनुहुन्छ, हावा एक ठुलो कारक हो । यहाँ जे पनि हुन सक्छ। तर मलाई लाग्छ हामीले राम्रो खेल्यौँ,’ रोहितले भने । 

शतक बनाउन चुकेको बारे गरिएको प्रश्नमा उनले भने, ‘...५० र १ सयले मलाई फरक पर्दैन। बलरहरूलाई दबाबमा राख्न आवश्यक छ र त्यसका लागि उनीहरूले ठुलो स्कोर गर्नुपर्छ। मैले मैदानको हरेक दिशातर्फबाट खेल्ने प्रयास गरेँ, एक तर्फ मात्र होइन।’  

भारत र अस्ट्रेलियाबिचको सुपर ८ खेलमा भारतले पहिले ब्याटिङ गर्दै २ सय ६ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको अस्ट्रेलियाको टोलीले १८१ रन मात्रै बनाउन सकेको थियो । 

भारतका लागि रोहित शर्माले उत्कृष्ट ब्याटिङ गर्दै ४१ बलमा ९२ रन बनाए र प्लेयर अफ द म्याच समेत बने । अब सेमिफाइनलमा भारतले इंग्ल्यान्डसँग खेल्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप